फार्मेसी परिषद् र नर्सिङ परिषदमा नयाँ सदस्य नियुक्त

काठमाडौं । नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषदमा नयाँ सदस्य नियुक्त भएका छन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नेपाल फार्मेसी परिषद्को सदस्यमा सङ्गिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र नरिज बर्तौला नियुक्त भएका छन् ।

त्यस्तै, नेपाल नर्सिङ परिषद्को सदस्यमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे विष्ट नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले आजै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Share News