काठमाडौं । सिद्धार्थ बैंकले क्रेडिट कार्डमार्फत कर्जा लिएर साँवा तथा ब्याज नतिर्ने ७४ जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैंकले पटक-पटक लिखित तथा मौखिक रूपमा बक्यौता रकम भुक्तानी गर्न ताकेता गर्दा समेत रकम चुक्ता नगरेपछि ऋणीहरूको नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।
बैंकले सम्बन्धित ऋणीलाई ३५ दिनभित्र सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य देय रकम चुक्ता गर्न अन्तिम अवसर दिएको छ । तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी नगरेमा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने बैंकले चेतावनी दिएको छ ।
त्यस्तै, बक्यौता कायम रहेका ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया समेत अघि बढाइने बैंकले जनाएको छ । बैंकले सम्बन्धित ऋणीलाई तोकिएको समयभित्र बक्यौता रकम चुक्ता गरी थप कानुनी प्रक्रिया र अन्य कारबाहीबाट जोगिन आग्रह गरेको छ ।
