काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकमध्ये अधिकांशको खराब कर्जा उच्च देखिएको छ । उपलब्ध तथ्यांकअनुसार विकास बैंकहरूको औसत खराब कर्जा (एनपीएल ) ५.३७ प्रतिशत रहेको छ ।
राष्ट्रियस्तरका विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंकको खराब कर्जा ४.७७ प्रतिशत, ज्योति विकास बैंकको ६.५५ प्रतिशत, गरिमा विकास बैंकको ४.७६ प्रतिशत, महालक्ष्मी विकास बैंकको ६.३२ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.९३ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत, शांग्रिला डेभलपमेन्ट बैंकको ६.८७ प्रतिशत र कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत रहेको छ ।
त्यस्तै, क्षेत्रीयस्तरका विकास बैंकमध्ये सप्तकोशी विकास बैंकको खराब कर्जा ७.६८ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ४.५७ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ३.२२ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.२४ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४८.५१ प्रतिशत र साल्पा विकास बैंकको ०.७९ प्रतिशत रहेको छ ।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा बढी खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको ४८.५१ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत देखिएको छ । समग्रमा विकास बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत रहेकाले अधिकांश बैंकमा कर्जा असुली तथा खराब कर्जा व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।