मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

युरो एकको खरिददर १७५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ०३ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ २३ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको बिक्रीदर १०९ रुपैयाँ ३४ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ५८ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ६५ पैसा कायम भएको छ।

चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ५७ पैसा, साउदी रियाल ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल ४१ रुपैयाँ ५६ पैसा र यूएई दिराम ४१ रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरेको छ ।

केन्द्रीय बैंकले आवश्यक परे विनिमयदर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले लागू गर्ने दर भने केही फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Share News