राष्ट्र बैंकका कर्मचारीले बाढीपीडितका लागि दिए १ करोड ३८ लाख रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका छन् ।

राष्ट्र बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाएको छ ।

बैंकले सोमबार (आज) विज्ञप्ति जारी गर्दै बाढी प्रभावित व्यक्ति तथा परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले गभर्नर, डेपुटी गभर्नर तथा करार सेवाका कर्मचारीसमेतले स्वेच्छिक रूपमा रकम संकलन गरी कोषमा हस्तान्तरण गरेको जनाएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो ।  बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका छन् ।

Share News