कप्तानगञ्ज घटनामा छानबिन गर्न संयोजक दाहालको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै संयोजक दाहालले घटनामा गोली चलाउनुपर्ने अवस्था वास्तवमै थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए ।

'त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्न चाहन्छु,' उनले भने ।

दाहालले घटनापछि उत्पन्न परिस्थितिलाई थप संवेदनशील हुन नदिन सरकारलाई गम्भीर बन्न आग्रह गरे । उनले सबै पक्षलाई संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिए । 

Share News