काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी उपेन्द्र महतोलाई बोलाएर सोधपुछ गरेको छ ।
सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले स्मार्ट टेलिकम र एनसलेको बारेमा बुझ्न कार्यालयमा बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।
‘महतोलाई ३ घण्टा सीआईबीमा बोलाएर सोधपुछ गरिएको हो,’ चतुर्वेदीले विकासन्युजसँग भने ।
स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि नोक्सानी पुर्याएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।