ट्रन्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो आईएसओ प्रमाणित स्पा तथा वेल्नेश ब्रान्ड

काठमाडौं । ट्रन्क्यूलिटी स्पा प्रालिले गुणस्तर व्यवस्थापन प्रणाली (आईएसओ ९००१:२०१५) को अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले उक्त प्रमाणपत्र प्राप्तसँगै आफू नेपालको पहिलो तथा एकमात्र आईएसओ ९००१:२०१५ प्रमाणित स्पा तथा वेल्नेश ब्रान्ड बनेको जनाएको छ ।

कम्पनीका अनुसार युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) ले प्रदान गरेको उक्त प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पाको सेवा, सञ्चालन प्रणाली, सरसफाइ मापदण्ड र ग्राहक सेवा व्यवस्थापनलाई अन्तर्राष्ट्रिय गुणस्तरअनुसार रहेको पुष्टि गरेको छ । यूआरएस युकेएएस र आईएएफबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय प्रमाणीकरण निकाय हो ।

प्रमाणीकरणको दायरामा थेराप्युटिक मसाज, विभिन्न प्रकारका ब्युटी थेरापी, स्टिम, सौना, ज्याकुजी, जिम, स्विमिङ पुल तथा टेनिस सुविधासहितका सेवा समेटिएका छन् । कम्पनीले यी सबै सेवामा गुणस्तर व्यवस्थापन प्रणाली लागू गरिएको जनाएको  छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भुवन फैजुले आईएसओ ९००१:२०१५ प्रमाणपत्र कम्पनीका लागि उपलब्धिमात्र नभई ग्राहकप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताए। उनका अनुसार ट्रन्क्यूलिटी स्पाको जुनसुकै शाखामा पुगे पनि ग्राहकले समान स्तरको सेवा, सरसफाइ र हेरचाह पाउने सुनिश्चितता गर्न कम्पनी प्रतिबद्ध छ ।

त्यस्तै, प्रमुख सञ्चालन अधिकृत रनिल फैजुले यो प्रमाणीकरण वर्षौंदेखि कम्पनीले विकास गर्दै आएको सेवा प्रणाली र सञ्चालन मापदण्डको अन्तर्राष्ट्रिय मान्यता भएको बताए । उनले सेवा गुणस्तर, सरसफाइ र निरन्तर सुधारप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने दिशामा कम्पनी अघि बढ्ने उल्लेख गरे ।

कम्पनीका अनुसार आईएसओ ९००१:२०१५ प्रमाणपत्रले ट्रन्क्यूलिटी स्पालाई नेपालको पहिलो तथा एकमात्र आईएसओ प्रमाणित स्पा तथा वेल्नेश ब्रान्डका रूपमा स्थापित गरेको छ । यसले ग्राहकलाई सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको वेल्नेश सेवा उपलब्ध गराउने कम्पनीको लक्ष्यलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ । 

Share News