काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३१० रुपैयाँ कायम भएको थियो ।
गत सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।