सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा चार हजार तीन सय रुपैयाँ घटेको छ भने चाँदी पनि एक सय ३५ रुपैयाँले घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार तीन सय १० कायम भएको छ ।      

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८८ हजार पाँच सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार चार सय ४५ प्रतितोला कायम भएको थियो ।   

Share News