काठमाडौं । सरकारले देशभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार अवस्थाको विस्तृत म्यापिङ गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत उक्त रकम छुट्याइएको हो ।
शिक्षा प्रणाली सुधार र विद्यालय पूर्वाधार सुदृढीकरणलाई लक्ष्य गर्दै सरकारले देशभरका सामुदायिक विद्यालयहरूको भवन, कक्षाकोठा, शौचालय, खानेपानी, प्रयोगशाला तथा अन्य आधारभूत सुविधाको अवस्था पहिचान गर्ने तयारी गरेको छ ।