प्रसारण लाइन र सबस्टेशन निर्माणका लागि ७० अर्ब विनियोजन

काठमाडौं । सरकारले निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेशन निर्माण कार्य सम्पन्न गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऊर्जा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनका अनुसार विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउँदै उत्पादन भएको बिजुली प्रभावकारी रूपमा देशभित्रै खपत गर्न र निर्यात क्षमता विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणमा बजेट केन्द्रित गरिनेछ ।

Share News