काठमाडौं । सरकारले नेपाली मुद्रामा अफसोर बण्ड छिट्टै जारी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषण गरे ।
त्यसैगरी सरकारले स्वच्छ ऊर्जा बण्ड र डायसपोरा बण्ड पनि जारी गर्ने नीति लिएको छ । जलवायु परिवर्तनसम्बन्धी उपलब्ध कोषहरूको अधिकतम उपयोग गर्ने योजना पनि सरकारले अघि सारेको छ ।
अर्थमन्त्री वाग्लेले हाल वैदेशिक मुद्राको सन्तोषजनक सञ्चिति रहेको सन्दर्भमा उक्त सञ्चितिको केही प्रतिशत रकमलाई सोभरेन वेल्थ फन्डका रूपमा परिचालन गरिने बताए ।