अर्थमन्त्री भन्छन्– जनताको जीवनस्तर विस्तार गर्ने उद्देश्यको बजेट

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै जनताको जीवनस्तर विस्तारलाई तत्कालीन उद्देश्यका रूपमा लिइएको जानकारी दिएका छन् ।

उनले स्वदेश र विदेशमा रहेका नेपालीले उत्पादनमुखी अर्थतन्त्रतर्फ परिवर्तनको अपेक्षा राखेको बताए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र प्रविधिमैत्री अर्थतन्त्रका लागि यो बजेट विश्वासिलो आधार बन्ने अपेक्षा गरिएको उनले जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताए । 

उनले बजेटले राष्ट्रिय जीवनको सबै आयाममा रूपान्तरको उत्कृट प्रतिक्षालाई सम्बोधन गरेको दाबी पनि गरे ।

Share News