११ तहको भन्सार दर ७ तहमा सीमित, ३६० वटा वस्तुमा अन्तःशुल्क खारेज

काठमाडौं । सरकारले भन्सार तथा अन्तःशुल्क प्रणालीमा व्यापक सुधार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्यमान ११ तहको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको जानकारी दिए ।

सरकारले भन्सार संरचनालाई सरल, पारदर्शी र व्यवस्थित बनाउन दर तह घटाउने निर्णय गरेको जनाएको छ । यसबाट व्यापार सहजीकरण, राजस्व प्रशासनमा सुधार तथा उद्योग–व्यवसायलाई सहज वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, हाल विभिन्न ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको अर्थमन्त्री वाग्लेले बताए । सरकारले कर प्रणालीलाई पुनःसंरचना गर्दै अनावश्यक करको भार घटाउने नीति लिएको जनाएको छ ।

Share News