काठमाडौं । विराटनगरमा पार्किङ गरेर राखिएको सिटी सफारी चोरी गर्ने एक जना पक्राउ परेका छन् । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर महानगरपालिका ५ का २२ वर्षीय रविस राय पक्राउ परेका हुन् ।
मंगबलबार पौने ९ बजे घर छेउमा पार्किङ गरेर राखिएको अवस्थामा सिटी सफारी हराएको थियो । प्र १-०२-००४ ह २४३२ नम्बरको सिटी सफारी हराएको भन्दै प्रहरीकोमा निवेदन परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरु समेतबाट खोजतलास गर्दा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुकी ८ बजे विराटनगर बसपार्क एरियाबाट फेला परेको थियो ।