काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.०७ अंकले घटेर २७३० बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३३७ कम्पनीको ७९ लाख कम्पनीको ३ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै, साहस ऊर्जाको १८ करोड ७७ लाख, एसवाई प्यानलको १८ करोड ५४ लाख, युनियन हाइड्रोपावरको १४ करोड र माउन्टेन इनर्जीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.२२ प्रतिशत र झपा इनर्जीको सेयर मूल्य ४.१४ प्रतिशतले बढेको छ ।
१३ वटा उपसूचक मध्ये ३ वटाको सूचक बढेका छन् । लाइफ इन्स्योरेन्स ०.०१ प्रतिशत, म्युचल फन्ड ०.०८ प्रतिशत र ट्रेडिङको ०.३२ प्रतिशतले बढेका छन् ।