काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा भौतिक पूर्वाधार मन्त्रालयका सुशील बाबु ढकाल नियुक्त भएका छन् ।
सरकारले हालै जारी गरेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ को मा गरेको व्यवस्थाअनुसार उनलाई सञ्चालकमा नियुक्त गरेको हो । अध्यादेशले बीमा ऐन २०७९ मा व्यवस्था गरेको सञ्चालक समितिको संरचनामा हेरफेर गरेको थियो । अध्यादेशमार्फत ऐनको दफा ६ मा संशोधन गरी प्राधिकरणको बोर्डमा अब भौतिक पूर्वाधार क्षेत्र हेर्ने मन्त्रालयका ‘प्राविधिक सहसचिव’ लाई सदस्यका रूपमा समावेश समावशे गरेको छ ।
यसअघि बोर्डमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय र बीमा विज्ञहरूको मात्र प्रतिनिधित्व हुने गरेको थियो ।