काठमाडौं । आमा बिरामी भएको बहाना बनाएर नक्कली सुनका गहना धितो राखी ठगी गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
उपचारका लागि ५ लाख पैसा चाहिएको भन्दै विश्वासमा पारेर नक्कली बिल र सुनको लेप लगाएको गहना दिएर ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, दोलखाको वैत्यश्वर घर भई हाल मध्यपुर थिमी बस्ने ३८ वर्षीय कालीदास धतानी र झापाको अर्जुनधारा घर भई हाल भक्तपुर बस्ने २७ वर्षीय अजित विश्वकर्मा रहेका छन् ।
उनीहरूले सक्कली जस्तै देखिने सुनको लेप लगाइएको गहना र नक्कली बिल-बिजक देखाएर पीडितको विश्वास जिती ५ लाख रुपैयाँ ऋण लिएर उनीहरू फरार भएका थिए ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।