काठमाडौं । सर्वोच्च अदालतको इजलासभित्र हुलहुज्जत गर्न खोजेपछि रोशनी वादी पक्राउ परेकी छन् ।
अदालतजस्तो संवेदनशील ठाउँमा वादी अभियन्ता वादीले हुलहुज्जत गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
बुधबार सर्वोच्चमा फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ ।