काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन भोलि (बुधबार) लाई सरेको छ ।
पोखरामा जारी महासंघको सातौं महाधिवेशनमा मंगलबार नै अध्यक्ष पदको निर्वाचन हुने तय भएपनि आयोग्य उम्मेदवार पठाइएको विषयमा विवाद उत्पन्न भएपछि भोलिलाई सारिएको महासंघमा सहभागी प्रकाश ग्वालीले जानकारी दिए ।
‘हामी पाँच दिनदेखी यहीँ छौं । आज पनि चुनाव भएन, भोलिलाई सारियो,’ उनले भने ।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनस्थलमा देशभरका ३८७ संस्थाबाट १५ सयि बढी प्रतिनिधि सहभागी भएका छन् ।