कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने दुई जना पक्राउ

काठमाडौं । फेसबुक र ह्वाट्सएप ग्रुपबाट कक्षा १२ को प्रश्नोत्तर सार्वजनिक गर्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । सोमबार ३७ वर्षीय निराजन शाही र ३० वर्षीय प्रेम कुमार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले चाबहिलबाट पक्राउ गरेको हो ।

उनीहरूले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु अगावै प्रश्नोत्तर विभिन्न ह्वाट्सएप र फेसबुक ग्रुपबाट सार्वजनिक गरेका थिए ।

परीक्षा हुनुभन्दा केही समय अगाडि बाहिरिएको प्रश्नोतर अनुसन्धानको गर्न राष्ट्रिय परीक्षा बोर्डले निवेदन दिएको थियो । 

ब्यूरोले गरेको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट क्लास १२ म्यानेजमेन्ट वान्ली भन्ने ह्वाट्सएप र मेसेन्जर ग्रुपबाट उनीहरूले प्रश्नोतर बाहिर ल्याउने गरेका थिए । प्रश्न पत्रको गोपनीयता भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत, काठमाडौंको आदेशले दिन चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

Share News