कांग्रेसले भन्यो :  राष्ट्रपतिको सम्बोधनकै बिच प्रधानमन्त्री किन हिँडेको ?

नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) उठेर हिँडेको विषयमा प्रश्न उठाएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको व्यवहार संसदीय परम्पराविपरीत भएको धारणा राखिन् ।

प्रधानमन्त्री उठेर हिँडेको विषयमा जवाफ दिनुपर्ने उनले माग गरिन् । लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हो भन्ने कुरा भुल्न नहुने उनको भनाइ छ । उनले यस विषयमा सरकारले जवाफ दिनुपर्ने धारणा राखिन् । 

Share News