किर्तिपुरमा साथीको हत्या गर्ने तीन जना पक्राउ

काठमाडौं । किर्तिपुरमा एक युवकको हत्या गर्ने तीन जना पक्राउ परेका छन् । बुधबार २४ वर्षीय बिपिन घिमिरेको हत्या गरेको आरोपमा २४ वर्षीय आशिष महर्जन, २१ वर्षीय रोशन बोहोरा र २३ वर्षीय रविन धामी पक्राउ परेका हुन् ।

गुल्मी धुर्कोट गाउँपालिका हाल किर्तिपुर नगरपालिका ३ ढाल्पा बस्ने घिमिरेको आज दिउँसो धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । साथी-साथी बीचमा विवाद हुँदा उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।   

Share News