काठमाडौं । ठमलेमा एक व्यक्तिलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
बिहीबार काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेका २४ वर्षीय विशाल तामाङ र सिन्धुलीका ३१ वर्षीय होमबहादुर दलार्मीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार उनीहरूले बाँकेका सागर सुनारमाथि बिहीबार बिहान ६ बजे कुटपिट गरेका थिए ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।