काठमाडाैं । प्रभु बैंकले बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापना केन्द्रलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सबिन शम्शेर राणाले केन्द्रका प्रमुख प्रशासन अधिकृत प्रकाश कुमारयादवलाई चेक हस्तान्तरण गरे ।
उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरुमा बसोबस गर्ने शारीरिक रुपमा अशक्त तथा विपत्र बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनस्र्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नलाई सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरूका साथै ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।