गरिमा विकास बैंकले पायो दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौं । गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरेवापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । 

यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित संस्थाहरूको सूचीमा समावेश हुन सफल भएको छ । 

विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरे ।

सीईओ उपाध्यायले गरिमा विकास बैंक गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रूपमा अगाडि बढ्ने बताए । 

गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालयहरूबाट करिब ९ लाख ग्राहकलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

Share News