काठमाडौं । ठमेलमा विदेशी पर्यटकमाथि लुटपाट गर्नेलाई प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शनिबार तीन जना मिलेर विदेशी पर्यटकको आइफोन लुटेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आरोपीहरूले मध्यराति ११ बजेतिर ठमेलको भगवान् बहालमा जर्मन नागरिकको साथबाट आइफोन लुटेका हुन् । लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका अनुसार सोह्रखुट्टे प्रहरी वृत्तले तीन जनालाई नियन्त्रणमा लिएको हो ।