काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लघुवित्तको कर्जा पुनरतालिकीकरण र पुनरसंरचना गरिने बताएका छन् ।
उनले बैंक तथा वित्तीय संस्था, बीमा र सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर बनेको बताएका हुन् ।