जनकपुरमा पेस्तोल देखाएर सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

<p>काठमाडौं । जनकपुरधाममा हतियारधारीले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटेको प्रहरीले जनाएको छ । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको जनाएका छन् । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै [&hellip;]</p>

काठमाडौं । जनकपुरधाममा हतियारधारीले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटेको प्रहरीले जनाएको छ ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको जनाएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको बताइएको छ । धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

Share News