साधना लघुवित्तको नाफामा छलाङ, वितरणयोग्य नाफा २ करोड १९ लाख रुपैयाँ

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा खुद नाफा ३६५.८५ प्रतिशत बढेर ६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो । चैत मसान्तसम्ममा लघवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशत बढेर २१ करोड २४ लाख रुपैयाँ गरेको [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा खुद नाफा ३६५.८५ प्रतिशत बढेर ६ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही लघुवित्तले १ करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा लघवित्तको खुद ब्याज आम्दानी २५.९० प्रतिशत बढेर २१ करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ३६५.८४ प्रतिशत बढेर ८ करोड ७४ लाख रुपैयाँ, वितरणयोग्य नाफा २ करोड १९ लाख रपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ, जगेडा कोष २७.६० प्रतिशत बढेर १७ करोड ५९ लाख रुपैयाँ छ । लघवित्तको निक्षेप ६.४६ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ छ भने ५ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा (एनपीएल) ३.७७ प्रतिशतबाट बढेर ४.१० प्रतिशत पुगेको छ । साथै, लघुवित्तको कस्ट अफ फण्ड ९.९० प्रतिशत छ भने आधार दर १४.५७ प्रतिशत छ । लघुवित्तको प्रतिसेयर आम्दानी २१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३४.४३ गुणा र प्रतिसेयर नेटवर्थ १४८.०८ रुपैयाँ रहेको छ ।

Share News