फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता सेयर बिक्रीमा राख्यो प्रभु बैंकले

<p>काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाले मंगलबार सूचना जारी गर्दै संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएकाे जनाएकाे छ । यो सेयर जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले खरिद गर्न आवेदन दिन [&hellip;]</p>

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

संस्थाले मंगलबार सूचना जारी गर्दै संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएकाे जनाएकाे छ ।

यो सेयर जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले खरिद गर्न आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आगामी चैत १५ गतेभित्र नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

सेयर खरिदका लागि न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Share News