यूनाइटेड अजोडको एक लाख कित्ता सेयर बेच्दै खेतान र चाचान

<p>काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडबाट संस्थापक सेयरधनी सन्दिप खेतान र जुलि चाचान बाहिरिने भएका छन् । उनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । मंगलबार कम्पनीले सूचना जारी गर्दै खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ [&hellip;]</p>


काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडबाट संस्थापक सेयरधनी सन्दिप खेतान र जुलि चाचान बाहिरिने भएका छन् ।

उनीहरूले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । मंगलबार कम्पनीले सूचना जारी गर्दै खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ ।

यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Share News