काठमाडौं । तारागाउँ रिजेन्सीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
यससँगै संस्थाको ७ लाख ५४ हजार ६६१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
हाल संस्थाको एक करोड ९६ लाख २१ हजार २०२ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । जसमध्ये संस्थापकको ३०.८५ प्रतिशत अर्थात ६० लाख ५३ हजार १४१ कित्ता र सर्वसाधारणको ६९.१५ प्रतिशत अर्थात एक करोड ३५ लाख ६८ हजार ६१ कित्ता सेयर रहेका छन् ।