सोमबारको कारोबार साढे २ अर्बमा सीमित, सबैभन्दा बढी गोर्खाज फाइनान्सको

<p>काठमाडौं । सोमबारको सेयर कारोबार करिब साढे २ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा कूल ३०४ वटा स्क्रीप्सहरु कारोबारमा आएका थिए । [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर कारोबार करिब साढे २ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरको कारोबारमा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । अघिल्लो कारोबार अर्थात गत बिहीबारको बजारमा ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बजारमा कूल ३०४ वटा स्क्रीप्सहरु कारोबारमा आएका थिए । त्यसमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको एकैदिन २८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ८७२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता १७ रुपैयाँले बढी हो ।

त्यस्तै, शिवम् सिमेन्ट सर्वाधिक कारोबार गर्नेको दोश्रो सूचीमा छ । जसको दिनभरमा १३ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अन्य कम्पनीहरुको भने १० करोडभन्दा कम रकमको सेयर कारोबार भएको छ ।

समग्रमा सोमबारको बजारमा दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको बजार अन्त्यमा १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.८३ प्रतिशतले कम हो ।

घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु) र सर्बोत्तम सिमेन्ट रहेका छन् । यी दुई कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः १८ हजार २७६ र ८१३ रुपैयाँ पुगेको छ ।

यता टप लुजरको सूचीमा दुई कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले घटेको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् ।

सोमबार होटल्स, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News