माछापुच्छ्रे बैंकका संस्थापक श्रेष्ठ साढे १० लाख कित्ता सेयर बेचेर बाहिरिँदै

<p>काठमाडौं । माछापुच्छे बैंकले १० लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो । बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि जारी गरिएको यो सेयरमा सूचना [&hellip;]</p>

काठमाडौं । माछापुच्छे बैंकले १० लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । बैंकले सोमबार एक सूचना प्रकाशित गरी संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर सेयर बिक्रीमा ल्याएको जानकारी दिएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनी र अन्य व्यक्ति तथा संघ संस्थाका लागि जारी गरिएको यो सेयरमा सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सुन्धारामा रहेको माछापुच्छ्रे क्यापिटलको सेयर विभागमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।

Share News