सिंगटी हाइड्रोको ४६.११ लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य १०० रुपैयाँ

<p>काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले सोमबारदेखि ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर बोलकबल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता [&hellip;]</p>


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले सोमबारदेखि ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद सेयर बोलकबल प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।

कम्पनीले निष्काशन तथा बिक्री गरेको सेयर फागुन ३० गते बाँडफाँड गरेको थियो ।

यो सेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। नेप्समा यसकाे सेयर प्रतिकित्त २०० रुपैयाँभन्दा बढीमा काराेबार भइरहेको छ ।  बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरू भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगञ्ज,जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चेरीकोट दोलखाबाट बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी चैत २० गते रहेको छ ।

Share News