बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्दै रिभर फल्स पावर

<p>काठमाडौं । रिभर फल्स पावरले सेयरधनीहरुमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृत गरी कम्पनीको आगामी [&hellip;]</p>

काठमाडौं । रिभर फल्स पावरले सेयरधनीहरुमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले बैंकको ऋण भुक्तानी गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई विद्युत नियमन आयोगले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । शतप्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ७७ करोड नाघ्ने छ ।

Share News