दुई कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेशनको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३७६.३० रुपैयाँ थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३६२.५२ रुपैयाँलाई आधार मानेर हुने छ ।

त्यस्तै, साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५६२.६१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५२४७ रुपैयाँ थियो । यससँगै अबको बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४५६२.६१ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News