काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सेयरधनीलाई २.२२११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । चैत ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस सेयर जारी गर्न लागेको हो ।
हाल संस्थाको चुक्ता पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुँजी ३७ करोड ६३ लाख १९ हजार रुपैयाँ नाघ्ने छ ।