एकैदिन पौने अर्बले बढ्यो सेयर कारोबार, तीन कम्पनीमा सर्किट

<p>काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि कारोबार रकम भने पौने एक अर्बले बढेको छ । सोमबार २ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार [&hellip;]</p>

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटी हो ।

बजारमा परिसूचक घटेपनि कारोबार रकम भने पौने एक अर्बले बढेको छ । सोमबार २ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सामान्य घटेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र धौरागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो । जसमध्ये सर्वोत्तम सिमेन्टको आजै दोश्रो बजारमा पहिलो कारोबार भएको हो ।

बजारमा तीन समूह मात्रै हरिया देखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।

Share News