पहिलो कारोबारमै १० प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको सेयर मूल्य, प्रतिकित्ता कति ?

<p>काठमाडौं । मंगलबार सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । मंगलबारको नियमित कारोबार खुल्न नपाउँदै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । जुन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिदिएको अधिकतम मूल्यको [&hellip;]</p>

काठमाडौं । मंगलबार सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

मंगलबारको नियमित कारोबार खुल्न नपाउँदै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । जुन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिदिएको अधिकतम मूल्यको तुलनामा प्रतिकित्ता ५५.६० रुपैयाँ बढी हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १८५.३६ रुपैयाँ र अधिकतम ५५६.०८ रुपैयाँ तोकेको थियो । यससँगै कम्पनीको पहिलो कारोबार अधिकतम मूल्यबाट सुरु भएको थियो ।

हालै आईपीओ निष्काशन गरी बाँडफाँड गरेको कम्पनीको सेयर हिजो अर्थात चैत ५ गतेमात्रै नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको संस्थापक र साधारण गरी कूल ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दोश्रो बजारमा सेयर कारोबारको लागि कम्पनीको सिम्बोल ‘एसएआरबीटीएम’ दिइएको छ ।

Share News