नेप्से ५८.५८ अंकले बढ्यो, ४ अर्बको कारोबार

<p>काठमाडौं । मंगलबार सेयर नेप्से परिसूचक ५८.५८ अंकले बढेर २,१११ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । कुल २ सय २० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । जीवन बीमा [&hellip;]</p>


काठमाडौं । मंगलबार सेयर नेप्से परिसूचक ५८.५८ अंकले बढेर २,१११ अंकमा पुगेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । कुल २ सय २० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

जीवन बीमा समूह सबैभन्दा धेरै ५.४४ प्रतिशत तथा माइक्रोफाइनान्स समूहको ५.०५ प्रतिशतले बढेको छ ।

धेरै मूल्य बढेका कम्पनीमा माइक्रोफाइनान्सहरू छन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य, विन नेपाल, स्वाभिमान, जाल्पा लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ । यस्तै, हिमालयन ८०.२० को सेयर मूल्य ३.५७ र मोलुङ हाइड्रोपावर कम्पनीको २.५३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, सननेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र माउन्टेन इनर्जी क्रमशः अगाडि छन् ।

Share News