नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम २ अर्ब ९२ करोड

<p>काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अंकले बढेर २०५२ दशमलव ६५ बिन्दुमा पुगेको छ । यसदिन ३०४ कम्पनीका ५६ हजार ७ सय २६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भएको छ । जसमा [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक २२ दशमलव १० अंकले बढेर २०५२ दशमलव ६५ बिन्दुमा पुगेको छ ।

यसदिन ३०४ कम्पनीका ५६ हजार ७ सय २६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ रहेको छ ।

गत कारोबार दिन बिहीबार ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २७ करोड रुपैयाँले कमी आएको छ ।

आइतबार १९४ कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटाको घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतका दरले बढेको छ ।

यस्तै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशतले घटेको छ । पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ६.९५ प्रतिशतले घटेको छ ।

आइतबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ५३७ रुपैयाँमा २२ करोड ९३ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Share News