शतप्रतिशत हकप्रद जारी गर्न बाराही हाइड्रोले पायो अनुमति

<p>काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगको फागुन २३ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । आयोगको अनुमति पाएपनि नेपाल धितोपत्र बोर्डको प्रकृया भने बाँकी नै रहेको छ । बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले [&hellip;]</p>

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले शतप्रतिशत हकप्रद जारी गर्न विद्युत नियमन आयोगको अनुमति पाएको छ । आयोगको फागुन २३ गतेको निर्णयले हाइड्रोले मागेको अनुमति बमोजिम अर्थात एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।

आयोगको अनुमति पाएपनि नेपाल धितोपत्र बोर्डको प्रकृया भने बाँकी नै रहेको छ । बोर्डले अनुमति दिएपछि मात्रै कम्पनीले सो मात्राको हकप्रद सेयर निष्काशन गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद पश्चात हाइड्रोको चुक्ता पुँजी ५० करोड रुपैयाँ नाघ्ने छ ।

Share News