अर्थमन्त्रीले सेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता खुसी, हरियाली बजार

<p>काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो । यो समाचार तयार पार्दासाँ नेप्से परिसूचक २२.६७ अंकले बढेर पौने ७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर [&hellip;]</p>

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो ।

यो समाचार तयार पार्दासाँ नेप्से परिसूचक २२.६७ अंकले बढेर पौने ७ करोड रुपैयाँको कारोबार भएको छ ।

बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने गरी काम गर्नु पर्ने बताएका थिए ।

अर्थमन्त्री पुनले आफूले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताउँदै अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गरेर सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने धारणा राखेका थिए ।

‘सेयर बजार तलमाथि भइरहन्छ, यसमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ, ६० लाखभन्दा धेरै सेयर होल्डरहरू बजारमा छन्, उनीहरू सबैको हितका लागि काम गर्नुपर्छ,’ उनले भनेका थिए ।

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने पनि उनको भनाइ थियो । उनको यस्तो अभिव्यक्तिप्रति सेयर लगानीकर्ता पनि खुसी भएका छन् । बिहीबार बजार खुलेदेखि बजार निरन्तर बढिरहेको छ ।

Share News