सेयर बजारमा खुसीयाली, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता

<p>काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा खुसीयाली छाएको छ । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । सोमबार ४ प्रतिशत बढेर २० मिनेका लागि स्थगित भएको सेयर बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका [&hellip;]</p>

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा खुसीयाली छाएको छ । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ ।

सोमबार ४ प्रतिशत बढेर २० मिनेका लागि स्थगित भएको सेयर बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।

सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा रोकिएको छ ।

यो अवधिमा नेप्से परिसुचक ९८.६९ अंकले बढेर २०५९ बिन्दुमा कायम भएको छ भने कुल २६ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से परिसुचक ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा बन्द नै हुन्छ ।

Share News