काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि बजारमा सकारात्मक सर्किट लागेको हो ।
सोमबार कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार घटबढ भएमा सर्किट ब्रेक लाग्छ ।
सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७९.२९ अंकले बढेको छ भने १४ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।