रिडी पावरको ५० प्रतिशत हकप्रद खुल्यो, पुँजी २ अर्ब ३२ करोड नाघ्ने

<p>काठमाडौं । रिडी पावर कम्पनीले आज फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँको ७७ करोड ४४ लाख [&hellip;]</p>

काठमाडौं । रिडी पावर कम्पनीले आज फागुन १८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँको ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको पुँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुग्नेछ । जसबाट संकलन भएको रकमले तल्लो बलेफि जलविद्युत आयोजनामा लगानी कम्पनीले जनाएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ माघ २२ गते बुक क्लोज गरेको थियो । त्यसैले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News