दोर्दी खोलालाई शतप्रतिशत हकप्रद जारी गर्न स्वीकृति, चुक्ता पुँजी २.१० अर्ब हुने

<p>काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै अब कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले सो मात्राको हकप्रद सेयर जारी गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड [&hellip;]</p>

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।

यससँगै अब कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले सो मात्राको हकप्रद सेयर जारी गर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।

Share News